विवादमा रोजी : निर्माण पक्ष र रोजी परिवार वार्ता अझै मिलेन

फिल्म रोजीको निर्माण संस्था र रोजीको परिवार तथा ज्याँपू समुदायबीचको आज भएको वार्ता निस्कर्शमा पुग्न सकेन । चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने अडान राखेपछि एक महिनाका लागि वार्ता स्थगित भएको हो । फिल्म रोजी करिव ७ बर्ष अगाडी भएको रोजी महर्जन हत्याकाण्डमा आधारित कथावस्तु भएको जिकिर गर्दै रोजी परिवारले फिल्मको मुहुर्तको समाचार बाहिरिए पछि बाट नै आपत्ती जनाउंदै आएका छन् ।
यसबीचमा चलचित्र विकास बोर्डमा रोजी परिवारले फिल्म रोजीको निर्माण नै रोकिदिन आग्रह गरेपछि करिव एक हप्ता फिल्मको छायाँकन रोकिएको छ । आजको वार्तामा रोजीका बुवाआमा अनि ज्याँपू समुदायका प्रतिनिधिले चलचित्रको शिर्षकप्रति पटक पटक आपत्ति प्रकट गरेपछि निर्माता तथा निर्देशक निरक पौडेलले फिल्म छायाँकन सूचारु गर्न दिन आग्रह गरेका थिए ।
फिल्मको छायाँकन रोकिदा लाखौंको नोक्सानी भएको समेत निर्देशक पौडेलले जानकारी गराएका थिए । छलफलकै क्रममा रोजीको परिवारले छायाँकन सूचारु गर्न दिने तर नाम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । रोजी निर्माण संस्थाले रोजीको परिवार र ज्याँपू समुदायका प्रतिनिधिहरुलाई फिल्मको कथा नै सुनाएको थियो । तत्पश्चात् एकमहिना पछि सम्पादन मै फिल्म हेर्ने हेराउंने कुरामा आएर आजको वार्ता सकिएको हो ।
गोपीकृष्ण मुभिज प्रा.लि. ब्यानरमा निर्माण भईरहेको फिल्म रोजीमा अहिलेका चल्तीका कलाकारहरु प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारहरुले काम गरेका छन् । नेपालसंगै विदेशमा छायाँकन हुने फिल्मलाई राजुविक्रम थापाले खिच्दै छन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया