‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ घोषणा

- मेराेफिल्म

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएका थिए । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।

कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ भए भने सेकेन्ड रनर अप दीजन भट्टराइ र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अप, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारी बन्न सफल भए ।

सांगीतिक धुमधमाका सहित आयोजित प्रतियोगीताका शिर्ष बिजेताले ताज सहित बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका थिए  ।

२०७५ असार ७ गते १०:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *