भोजपुरी फिल्म खेल्दै नीता ढुंगाना

अभिनेत्री नीता ढुंगानालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । हातमा फिल्मको कमी नभएपनि अधिकांश फिल्ममा असफलता चाखेकी अभिनेत्री नीता ढुंगाना एक भोजपुरी फिल्म खेल्दै छन् ।

उक्त फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव (निरहुवा) लिड रोलमा रहनेछन् भने नीता उनको अपोजिटमा देखिनेछिन् । नीताले स्क्रिप्ट मन परेर फिल्म गर्न लागेको बताइन । फिल्मको नेपाल र भारतमा छायांकन हुनेछ । केही दिनमै बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ ।