‘मिस एसीया नेपाल’ प्रतियोगिता सुरु

अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।

नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजना र म्याक मिडिया सर्भिसेजको सहकार्यमा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते हुनेछ । यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल राउण्ड साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।