३ इडियट्स सिक्वेल बन्दै

बहुचर्चित फिल्म ३ इडियट्सको सिक्वेल बन्ने भएको छ । राजु हिरानीका अनुसार उनी फिल्मको सिक्वेल बनाउने तयारीमा छन् ।

सरमन जोशी, अमिर खान तथा आर माधवन स्टारर फिल्म धेरैको मनमा बस्न सफल भएको छ । सिक्वेलमा को कलाकार हुन्छन, त्यो भने हिरानीले खुलाएका छैनन् । एक इन्टरभ्युमा रणवीर कपुरलाई ३ इडियट्स सिक्वेलमा काम गर्न चाहनुहुन्छ भनि सोधेको प्रश्नमा उनले ‘पक्कै पनि आखा बन्द गरेर’ भन्ने जवाफ दिए । उनले थपे ,’जस्तो काम भए पनि म राजु सरसँग काम गर्न हरदम तयार रहन्छु ।’