विश्व संगीत दिवस आज

विश्व संगीत दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा  विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीत सिक्दै गरेका र व्यावसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारीक कार्यक्रम हुँदै आएको छ ।

नेपालमा भने विसं २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । त्यो समय विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता प्रत्येक बर्ष आजकै दिन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाले बताउछन ।