श्रीदेवी विवादमा

मुम्बई अँधेरीस्थित एउटा फ्लाईओभरलाई स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको नामबाट नामाकरण गर्ने तयारी गरिएपछि विवाद उत्पन्न भएको छ । उक्त नामलाई स्थानीयहरुले स्विकारेका छैनन् ।

स्थानियहरुले कुनै पनि हिरोईनको नामबाट फ्याइओभर नामाकरण गर्नु नहुने भन्दै विरोध गरेका हुन् । भारतीय जनता पार्टीको कर्परिटर योगीराज दाभाडकरले मेयरलाई पत्र लेखेर नाम राख्न आग्रह गरेका थिए । मुम्बईको अँधेरी लोखन्डवाला कम्प्लेक्स नजिक रहेको फ्लाइओभरलाई श्रीदेवी उडानपुल नाम राख्नुपर्ने उनको आग्रह थियो । यसबाट दिवंगत अभिनेत्रीको सम्मान हुने उनको विचार रहेको छ ।