‘पण्डित बाजेको लौरी’ ट्रेलर सार्वजनिक

साउन ४ गते प्रदर्शन मिति तय गरेको फिल्म  ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सन्ध्या केसी बदिनीको भूमिकामा रहेकी छन् भने विजय बराल बादीको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरमा ‘बादी- बदिनी’को कथालाई प्रस्तुत गरिएको छ ।

अधृत फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी रहेको छ । फिल्ममा सन्ध्या र विजयको साथमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतकाको अभिनय रहेको छ । फिल्म दिपक ओलीको निर्देशनमा तयार भएको हो ।