‘ए सोल्टिनी’ शीर्ष गीत सार्वजनिक

ए सोल्टिनी फिल्मको शीर्ष गीत सार्वजनीक भएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

असार १५ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले पछिल्लो समय प्रचार प्रसारलाई तीव्रता दिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छन् । जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारको अबिनाया रहेको छ ।