अनुपको ‘पुरानो बुलेट’

अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहने फिल्म ‘पुरानो बुलेट’ को औपचारिक निर्माण घोषणा भएको छ । उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु देखिँदैछन् ।
१ करोडको लागतमा निर्माण हुने बताइएको फिल्मको छायांकन असार १५ गतेबाट सुरु हुनेछ । समसामयिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई आउँदो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ । फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहनेछ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले यो फिल्म निर्देशन गर्दै छन् ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया