‘हस्तमैथुन सिन गर्न तयार छु’

- मेराेफिल्म

अभिनेत्री स्वरा भास्कर हालै प्रदर्शित फिल्म ‘वीरे दि वेडिङ’ मा हस्तमैथुन सिन दिएर विवादमा आइन् । यद्यपि स्वराको हिम्मतको प्रशंसा गर्नेहरुको जमात पनि सानो छैन । जसमध्ये एक हुन् नयाँ अभिनेत्री अभिनेत्री किश्वर मर्चेन्ट । उनी स्वरा भास्करको हस्तमैथुन सिनबाट निकै प्रभावित छन् । र, आफूले पनि मौका पाएमा यस्तो सिन दिने इच्छा व्यक्त गरेकी छन् ।

किश्वरले भनिन्, ‘स्वराले यो सिन निकै राम्रोसँग निभाएकी छन् । मलाई लाग्दैन कि उनले भन्दा राम्रो मैले गर्न सक्थेँ । उनलाई म सलाम गर्छु । यो सिन कत्ति पनि भल्गर छैन । बरु रमाइलो छ ।’ उनले अगाडि थपिन्, ‘मलाई अहिलेसम्म यस्तो प्रस्ताव त आएको छैन । तर कुनै फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु । हामी कलाकारहरुले फिल्मको कथाले मागेको कुरा दिनलाई आनाकानी गर्नु हुन्न ।’

स्वरा भास्करले आफूले दिएको हस्तमैथुन सिन महिला शशक्तिकरणका लागि भएको दावी गर्दै आएकी छन् ।

२०७५ असार ८ गते २०:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *