विवाह गरिन टिभी एक्ट्रेस किन्नर बुहारीले

चर्चित टिभी एक्ट्रेस किन्नर बुहारी रुबिना दिलाइकको जुन २१ मा बिवाह भएको छ । उनले ब्वाइफ्रेन्ड अभिनव शुक्लासँग विवाह गरेकी हुन् ।

विवाह बन्धनमा बाँधिनु अघि उनले मेहेन्दी फङ्सनको एक फोटो शेयर गरेकी छन् । जुन फोटो उनको विवाह सेरमोनीको पहिलो फोटो हो । फोटोमा उनले आफ्नी आमा शकुन्तला दिलाइकसँग पोज दिएकी छन् । रुबिना र अभिनवको विवाहको सम्पूर्ण कामहरु शिमलामा भएको थियो । रुबिन र अभिनव पछिल्लो चार वर्षदेखि एकअर्कालाई डेट गर्दैछन् ।