‘पिरिम पर्या छन्’ रिलिज मिति तय

Mero Film

कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्टलुक सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

निर्देशक पुरन कै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारको अभिनय रहेको छ । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्ममा बिमल ढकालको छायांकन रहेको छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।


Leave a Reply

Your email address will not be published.