‘भिड मध्येको एउटा लभ स्टोरी’ बबी ट्रेलर

मिलन चाम्स निर्देशित तथा निर्मित रियल जोडीको रियल कथामा आधारित फिल्म बोबी को ट्रेलर रिलिज भएको छ । सत्यकथामा आधारित फिल्मले नर्वेका एनआरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । जहाँ यी दुवैको प्रमुख भूमिका रहेको छ ।

यी दुईको प्रेम, संघर्ष र सफलताको कथा बोबी भित्र छ । उमेश पेसाले इन्जीनियर हुन् भने कविता होटल म्यानेजर । फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट,  रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । चाम्स ईन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्किृप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । फिल्म असार २९ बाट अलनेपाल रिलिज हुने भएको छ ।