को बन्दै छन दबंग ३ का खलनायक ?

दबंग सीरिजको तेस्रो सिक्यूएलका लागि अहिले निर्माण टिम तयारी गरिरहेको छ। निर्माता अरबाज खान  पछिल्लो समय कलकारहरुको लुक टेस्ट गरिरहेका छन् । फिल्ममा पुन एकपटक सलमान खान र सोनाक्षी सिन्हाकै जोडीको रोमान्सलाई हेर्न पाउने भइएको छ ।

फिल्ममा जति हिरोको भुमिका रहन्छ, त्यतिनै खलनायकको पनि भुमिका रहन्छ । किनभने खलनायक बिना फिल्म नै अपुरो ठहरिन्छ । दबंग ३ मा कस्ले भिलेनको रोल निभाउँला त ? किनभने दबंग सीरिजमा भिलेको रोल जबरदस्त हुने गरेको छ । दबंगमा सोनू सूदले छेदसिंह बनेर खलनायकी निभाएका थिए । त्यस्तै दबंग २ मा ठाकुर बच्चा सिंहको रुपमा प्रकाश राज देखेका थिए भने दबंग ३ को लागि साकिब सलीमलाई देखिने भएको छ । साकिबले  हालै सलमान खानको रेस ३ मा पनि भिलेनको भुमिका निभाएका थिए । फेरी दंबग ३ मा पनि साकिब सलीम नै देखिने पक्कापक्की भैसकेको छ ।