तीज गीत ‘मुख चुच्चो पार’ सार्वजनिक

- मेराेफिल्म

प्रकाश सपुतको ‘बोल मायाँ’ मार्फत चर्चा बटुल्न सफल मोडल अञ्जली अधिकारीको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना खनालको तीज गीत  ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ ।

गीतमा गायिका एलिना तथा  गणेश अधिकारीको आवाज रहेको छ । गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।   सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई  प्रकाश धमलाले सम्पादन गरेका छन् ।

२०७५ असार ९ गते १८:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *