डिआर उपाध्यायको ‘प्रणय’ एल्बम सार्वजनिक

राजधानीमा एक कार्यक्रमका बीच साहित्यकार डाक्टर डिआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम प्रणय सार्वजनिक भएको छ ।एल्बमका एकल संगीतकार सागर अधिकारी ’शरद’ रहेका छन् भने सत्यराज आचार्य , स्वरूपराज आचार्य , प्रमोद खरेल , राम चन्द्र काफ्ले , मेलिना राइ , मिलन अमात्य , सुरेश लामाको स्वर रहेको छ ।

एल्बममा समावेश भएको गीत ‘कसले भन्छ’ को भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् । भिडियोमा गीतकार उपाध्याय तथा अनु शाहको अभिनय रहेको छ । गीतलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।