नेपाल र भारतका ६ नाटक एकै ठाउँमा प्रदर्शन

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको बत्तिस पुतली स्थित शिल्पी थिएटरमा शुक्रबारबाट ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ उत्सब सुरु भएको छ । उत्सबमा नेपाल र भारतका ६ ओटा नाटक प्रदर्शन हुने छन् ।

तीन दिनसम्म चल्ने नाटक उत्सबका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश रञ्जान झाले १३०५ साल मै सिमरौनगढका नाटककार ज्योतिरीश्वर ठाकुरले लेखेको नाटकको पाण्डुलिपी अहिले पनि सुरक्षित भएको बताए । त्यही नाटक उत्सबमा मञ्चन गरिने भएकाले उत्सबको नाम ज्योतिरीश्वर उँग उत्सब राखिएको उनले बताए ।

उत्सवको पहिलो दिन शुक्रबार ‘भृ’ र ‘धूर्तसमागम’ दुई नाटक मञ्चन गरियो । यो उत्सबमा शनिबार दिउँसो राम केएसी निर्देशित अश्वेत मञ्चन भयो । सद्भाव थिएटरद्धारा मञ्चतन यो नाटकमा नारी र पुरुषको समस्यले यसले निम्त्याउने समस्या उठाईएको छ । शनिबार अपरान्ह श्यामकुमार सहनी निर्देशित भारतीय नाटक ‘संवदिया’ मञ्चन गरियो ।

यस्तै आईतबार पत्रकार फुलमान बलको नाटक ‘सोनाम ग्याल्मो’ र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक ‘भिखारीनामा’ मञ्चन गरिँदैछ ।