प्रियंकाको बलिउड कमब्याक फलदायी

प्रियंका चोपडा फिल्म ‘भारत’ मार्फत कमब्याक गर्दै छिन् केहि समय हलिउडमा ब्यस्त भए पश्चात उनी पुनः बलिउडमा काम गर्न लागेकी हुन् ।

सलमानसँगको फिल्म भारत पश्चात अब उनी अर्को फिल्म गर्ने भएकी छन् । प्रियंका फिल्म मेकर सोनाली बोसको फिल्ममा फरहान अख्तरको साथ स्क्रिन सेयर गर्ने छिन् । फिल्म आयशा चौधरीको जिन्दगि तथा उनको किताब ‘माइ लिटिल इपिपानीस’ मा आधारित हुने छ । प्रियंका र फरहान आयशाको मातापिताको भूमिकामा देखा पर्ने छन् । फिल्ममा जयरा वासिम आयशाको भूमिका निभाउने छिन् । फिल्मको सुटिंग अगस्टबाट सुरु हुनेछ ।