नेपाल र अमेरिकामा एकसाथ रिलिज हुदै ‘रोमियो एण्ड मुना’

फिल्म रोमियो एण्ड मुना साउन ११ मा नेपालसँगै अमेरिकामा पनि रिलिज हुने भएको छ । नाम्लो ईभेन्टका विक्रान्तमान श्रेष्ठले रोमियो एण्ड मुनाको अमेरिका राइट्स लिएर न्युयोर्क, बाल्टिमोर, दलास लगायत शहरमा रोमियो एण्ड मुनालाई रिलिज गर्न लागेका हुन् ।

अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीले बताएका छन् । ‘युके, जापान र कतारमा पनि कुरा भैरहेको छ’, उनी थप्छन,’ फिल्मको प्रोमो हेरेर उहाँहरु उत्साहित हुनु भएको छ ।’

फिल्ममा विनय श्रेष्ठ, सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसी कै पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको रहेको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।