प्रिया थापा मगर बनिन् ‘मिस लुम्बिनी कल्चर’

गत शुक्रबार सम्पन्न भएको मिस लुम्बिनी कल्चरको विजेता प्रिया थापा मगर बनेकी छन् । एसपिएम क्रियशनको आयोजनामा शुक्रबार राती फिनालेबाट मगर विजेता बनेकी हुन । उपाधिसंगै उनले छात्रबृति, आर्कषक पुरस्कार हात पारेकी छन् । प्रतियागिताको फिनालेमा मिस नेपाल इन्टरनेशनल २०१७ की विजेता निति शाह, म्यान अफ द वर्ल्डका कोरियोग्राफर आशिक ताम्राकार र हाम्रो इभेन्ट्सका लक्ष्मण छन्त्याल निर्णायक रहेका थिए ।

विभिन्न जात जातीका परम्परागत पोशाकलाई प्राथमिकतामा राखेर यस क्षेत्रमै पहिलो पटक प्रतियोगिता गरिएको एस पि एम क्रियसन का फाउन्डर पवन आचार्यको दाबी छ । यसैगरि प्रतियोगितामा फस्ट रर्नरअप सुबना अधिकारी, सेकेन्ड रनरअप निरुसा क्षेत्री, थर्ड रनरअप लक्ष्मी केसी बनेकी छन् ।

अर्गनाईजर च्वाईस सचिना पौडेल, भियूअर च्वाईस मन्दिपा अधिकारी, मिस इन्टेलेक्चुअल रयन्सु क्षेत्री, मिस केटवाक रेनुका चौधरी भएकी छन् । यस्तै मिस ट्यालेन्ट लक्ष्मी केसी, ब्यूटी एण्ड विथ प्रपोज प्रिया थापा, पपुलर च्वाईस सुबना अधिकारी, बेस्ट पर्फर स्नेया थापा मगर, मिस फोटो जेनेकि सुमिना गुरुङ्ग, मिस पर्सनालीटी तीर्वता मगर , मिस ब्यूटी हेयर कृति कार्की, बेस्ट स्किन सचिना पौडेल, मिस फ्रेण्ड्ली कुसुम पुन, मिस कन्फीडेन्ट प्रभा ज्ञवाली, बेस्ट फिगर प्रमिला मगर , क्रियटिभ ड्रेस सिविका थापा, मिस एथलेट मन्दिपा अधिकारी र बेस्ट डिजाईनर निर्मला विक भएकी छन् ।

उत्कृष्ट सबैलाई आर्कषक पुरस्कारसँगै ब्राण्ड एम्बेस्डर बनेका छन् । नेपाली मौलीक सस्कृतिका पहिरनलाई संरक्षण गर्न अग्रसर गराउने उदेश्यले मिस लुम्बिनी कल्चर आयोजना गरिएको आयोजक एसपिएम क्रियसनका संयोजक मन्जेश गिरीले बताए । प्रतियोगीले लगाएको पहिरन, व्यक्तित्व, बौद्धिक तथा अतिरिक्त कलालाई छनौटको आधार उत्कृष्ट विजेता घोषणा गरिएको उनले बताए ।