फिल्मी रगत खोज्दै अनमोल

बलिउडमा परिवारवादले जरो गाडेको छ । परिवारवादका कारण बलिउड भन्दा बाहिरी परिवारबाट आएका कलाकारलाई टिक्न गाह्रो छ भनिन्छ । नेपालमा परिवारवादले जरा गाडेको छैन । तर, परिवारवादको कुरा भने उठ्छ । हिरो अनमोल केसी सुपरस्टार हिरो भूवन केसीका छोरा हुन् । अनमोल चम्कनुको कारण भूवन केसी हुन् भन्ने आलोचना हुन्छ ।

अनमोल केसीले खेलेका ६ वटा फिल्ममा फिल्म लाइन भन्दा बाहिरका हिरोइन थिए । तर, अनमोललाई यी हिरोइनसँग चित्त वुझेको रहेनछ ।

पहिलो पटक हिरोइन झरना थापाकी छोरी सुहाना थापासँग काम गर्न लागेका अनमोल खुशी छन् । किनकी, सुहानामा फिल्मी रगत छ । अनमोलले यो कुरा स्विकार पनि गरेका छन् । उनले सुहानीमा फिल्मी ब्लड भएको भन्दै फिल्मी ब्लडसँग पहिलो पटक काम गर्न पाउँदा उत्साहित भएको बताएका थिए ।

अनमोलले यसो भनिरहँदा कतै उनी फिल्म लाइनमै काम गरिरहेका कलाकारका छोराछोरीलाई आफू जस्तै स्टार भएको हेर्न चाहन्छन् भन्ने सवाल उठ्छ । अनमोलले सुहाना जस्तै अन्य फिल्मी ब्लड पनि भेट्टाउलान् कि नभेट्टाउलान् ?