‘बाहुबली’ अभिनेत्रीको एक दिनको पारिश्रमिक ६ लाख

‘बाहुबली’ र ‘बाहुबली २’ फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी राम्या कृष्णन उर्फ ‘शिवगामी देवी’ दिनको ६ लाख पारिश्रमिक लिएर फिल्म गर्ने गरेकी छन् । राम्या आफ्नो फिल्मका लागि साउथ एक्ट्रेस तमन्ना भाटिया र राकुल प्रीतभन्दा पनि बढी पारिश्रमिक लिइरहेकी छन् । फिल्म हिट भएपछि बाहुबली कलाकारले आफ्नो पारिश्रमिक चर्को बनाएका छन् ।

फिल्म ‘सैलाजा रेड्डी अल्लुदु’ मा काम गरिरहेकी राम्या एक दिनको छायांकनका लागि ६ लाख चार्ज गरिरहेकी छन् । उनी यो फिल्मका लागि २५ दिन सुटिङ गर्दैछिन् । यसरी एक दिनको ६ लाख हुदा उनले २५ दिनमा एक करोड ५० लाख भारतीय रुपैयाँ हात कमाउने छिन् । उनले लिएको यो पारिश्रमिक साउथका टप अभिनेत्रीको भन्दा पनि धेरै हो । साउथ एक्ट्रेस तमन्ना भाटिया एक फिल्मका लागि ६५ लाख पारिश्रमिक लिने गर्छिन् ।