महादेवले माया नचिनेको चन्दाको गुनासो

तीज गीत ‘महादेव खै त मेरो माया चिनेको ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्दा अर्यालको आवाज रहेको गीतमा बाबुराम बोहोराको शब्द रहेको छ भने बसन्त सापकोटाको संगीत ।

भिडियोमा बाबुराम बोहोरा तथा रजनी केसीको नृत्य हेर्न सकिन्छ । उक्त भिडियोको निर्देशन बाबु थापाले गरेका हुन् । दुर्गा पौडेलको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।