दीपिकालाई मन परेन रणवीर

रणवीर सिंह फिल्म ‘सिम्बा’ र ‘गली ब्वाई’ मार्फत दर्शकमाझ आउँदैछन् । यसबिचमा उनले आफ्नो बाल्यकालको एउटा गज्जबको हेयरस्टाईल भएको फोटो सामाजिक संजालमा पोस्ट गरेका छन ।

उक्त फोटो कति बर्ष हुदाँको हो भनेर रणवीरले उल्लेख नगरेता पनि उनलाई फोटोमा एकदमै क्युट देखिएको छ । अरुलाई राम्रो लागेको रणवीरको यो लुक्स उनकै गर्लफ्रेन्ड दीपिका पादुकोणलाई भने मन परेन । उनले रणवीरको फोटोमा कमेन्ट गर्दै लेखिन् ‘नो….’ । हेयरस्टाईल त होईन तर भियर्ड लुकको कारण रणवीर अहिले चर्चामा छन् ।

रणवीर र दीपिका प्रेममा छन् । उनीहरुले नोभेम्बरमा बिवाह गर्ने लगभग पक्कापक्की भईसक्यो । तर बिवाह भने भारतमै गर्ने वा इटलीमा गर्ने भन्नेबारेमा भने अहिलेसम्म निर्णय हुन सकेको छैन ।