गर्भमै थिइन् स्वस्तिमा ?

हिरोइन स्वस्तिमा खड्कालाई बुलबुल फिल्मले नयाँ जन्म दिन्छ रे । बुलबुल फिल्मको घोषणा गर्न पाँच तारे होटलमा आयोजित कार्यक्रममा निर्देशक विनोद पौडेलले यसै दाबी गरे ।स्वस्तिमाले आधा दर्जन फिल्ममा काम गरिसकेकी छन् । तर,  अहिलेसम्म स्वस्तिमा गर्भमै रहेको बुझियो । किनकी  उनलाई बुलबुल फिल्मले फिल्मी बजारमा नयाँ जन्म दिने आशा निर्देशक पौडेल र स्वस्तिमा दुबैले राखेका छन् ।बुलबुलमा स्वस्तिमा ट्याम्पु चालक महिलाको भूमिकामा छिन् । यो भूमिका अफर आउँदा आफूले आफूलाई लिएर नडुब्न निर्देशकलाई सुझाव दिएको स्वस्तिमाले बताइन् ।

यो भूमिका अहिलेसम्म कै चुनौतीपूर्ण रहेको स्वस्तिमाले बताइन् । स्वस्तिमाले आफूलाई फिल्मी बजारमा फेरि जन्माउने फिल्म यही नै हो भनिन् ।स्वस्तिमाले आधा दर्जन सिनेमामा काम गरेर स्थान बनाएकी हुन् । अब, बुलबुल नै उनका लागि फेरि जन्मने फिल्म बन्नेछ भने अहिलेसम्म काम गरेका फिल्ममा उनी गर्भमा मात्र थिइन् भन्ने प्रश्न उठाउनु स्वभाविक नहोला र ?