नम्रतालाई चुरा पोतेको रहर

हिरोइन नम्रता श्रेष्ठका तस्बिर हेर्दा उनी साधारण पहिरनमा देखिन्नन् । नम्रतालाई सुन्दरी अभिनेत्री मात्र होइन, ग्ल्यामर हिरोइन पनि भनिन्छ । तर, प्रसाद फिल्मको घोषणा कार्यक्रममा नम्रताको त्यो छवि गायब भयो । नम्रता कुर्ता सुरुवाल, चुरा पोतेमा देखिइन् । सिउँदोमा सिन्दुर समेत लगाएकी नम्रताको छवि बदलिने अनुमान गर्न सकिन्छ । प्रसादमा नम्रता श्रीमतिको भूमिकामा छिन् । उनको श्रीमान्को भूमिकामा विपिन कार्की छन् । विपिन र नम्रता निसन्तान दम्पत्तीको भूमिकामा प्रसादमा देखिदैछन् ।

नम्रता चुरा, पोते, कुर्ता सुरुवालमा बलेकी थिइन् । ग्ल्यामर पहिरन भन्दा नम्रतालाई यो भेष सुहाएको थियो । फिल्मको सुटिङ पनि राखिएकाले नम्रता क्यारेक्टर अनुसारकै भेषमा आएकी थिइन् ।
तर, नम्रतामा चुरा पोतेको रहर बढ्न थालेको हो कि भन्ने कानेखुशी कार्यक्रममा चलेको थियो । नम्रता प्रेममा छिन् । दावा शेर्पाको प्रेममा रहेकी नम्रतालाई अहिले प्रेमीसँग नै बढी देखिन्छ ।
प्रेममा परेपछि बिहेको सोच पनि आउन थाल्छ । नम्रतामा पनि बिहे गरेर चुरा पोते लगाउने रहर पलाएको होला कि ?