लेखक सुबिन भट्टराईको फिल्म ‘कायरा’ टिमलाई गम्भीर आरोप

लेखक सुबिन भट्टराईले फिल्म कायराको ट्रेलर आफ्नो स्टटसबाट चोरी भएको आरोप लगाएका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै फिल्मको ट्रेलरमा प्रयोग भएको हरेक शब्द आफ्नो फेसबुक स्टाटसबाट लिइएको आरोप लगाएका छन् । फिल्मको ट्रेलरमा नायक आर्यन सिग्देलले बोलेका शब्द आफ्नो स्टाटसमा लेखिएको उनको भनाई छ ।

फिल्मका निर्माता तथा नायक आर्यन सिग्देलले उक्त स्टाटसको कुनै तुक नभएको बताए । उनले भने कसैको स्टाटस भन्दा पनि सिनको माग र इमोसन महत्वपुर्ण रहने बताए । उनले भने भोलि ‘मेरोफिल्म कै कुनै डाइलग अर्को कुनै फिल्ममा कुनै अन्य सिनमा देखेँ भने मैले के गर्ने आरोप लगाउने की त्यो सिनको महत्व त्यो डाइलगले पुष्टी गरेकोमा खुसि मनाउने ?’ यी सब कुरा वाहियात हुन् ।

सुबिन भट्टराईले पोस्ट गरेको स्टाटस यस्तो छ :

जब जब नेपाली फिल्म हेरौँ, माया गरौँ भन्ने भाव आइरहेको हुन्छ तब यी यस्ता फिल्मका लेखक, निर्देशक निर्माताको बुद्धि देखेर बिरक्त लाग्छ ।

चौध महिना अघिको मेरो फेसबुक पोष्टलाई हुबहु एउटा शब्दपनि नबद्ली, ट्रेलरमै, त्यो पनि हिरोको मुखबाट सुन्दा सम्पूर्ण सिनेमा जिरो भन्दापनि कम स्तरमा झरेको प्रतीत भइरहेको छ ।

दशर्क यस्तै निर्माता, निर्देशक र स्क्रिप्ट राइटरका कारण नेपाली सिनेमा हेर्न रुचाउँदैनन् ।

यस्तो घटना पहिलो पटक घटेको भने होइन । पटक पटक भएको छ । अझ एउटा हिट को पगरी भिरेको नेपाली फिल्ममा त समर लभको हुबहु संवाद हालिएको पनि छ ।


सधैँ चुप बसेँ । योपटक सकिनँ । माफ गर्नुहोला ।

उक्त फिल्मको ट्रैलर यो लिन्कमा गएर हर्नुसक्नुहुन्छ :