मण्डलामा ‘राजेन्द्र लक्ष्मी’

राजेन्द्र राज्य लक्ष्मी देवी शाहको वास्तविक जीवनमा आधारित भई लेखिएको नाटक ‘राजेन्द्र लक्ष्मी’ मण्डला थिएटर अनामनगरमा प्रदर्शन भइरहेको छ ।
राजेन्द्र राज्य लक्ष्मी देवी शाह नेपालकी पहिलो रानी हुन् जसले सासन सत्ता आफ्नो हातमा लिएर राज्य संचालन गरेकी थिइन् । उनको आठ बर्षे शासन कालमा पृथ्वी नारायण शाह द्वारा थालनी गरिएको राज्य एकीकरण प्रक्रियालाई निरन्तरता दिएकी थिइन् । नेपालको सिमाना लाई बढेर उनले कालीगण्डकी सम्म पुर्याएकी थिइन् । उनको बिरता तथा कुशल राज्य संचालनकलाको प्रसंसा गर्दै नाटक निर्माण गरिएको छ ।
नम्रता केसीको परिकल्पना तथा निर्देशन रहेको नाटक राजेन्द्र लक्ष्मीमा निश्मा छुच्ची, नम्रता केसी, निशा कार्की, कुन्ती सिमली, पवन पाठक, रेणु योगी र मनिशा बस्नेतको अभिनय रहेको छ । असार ८ बाट मन्चन सुरु भएको नाटक मण्डला थिएटर अनामनगरमा असार २४ गते सम्म चल्ने छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया