असार २४ मा दोस्रो ओएस नेपाल म्युजिक अवार्ड

राजधानीमा मंगलबार आयोजीत दोस्रो ओए सनेपाल म्युजिक अवार्डको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गर्दै अवार्ड वितरण मिति असार २४ गते घोषणा गरियो । अर्वाड वितरण राजधानीको जमलस्थित नाचघरमा हुने भएको छ । नेपालकै सर्वाधिक विधामा वितरण गर्न लागीएको यो अर्वाडमा ७४ विधा समेटीएको छ ।
कलाकर्मीहरुको पर्वको रुपमा लिन सकिने यस अवार्डले कलाकारको उचित सम्मान हुने ओएसनेपालका अध्यक्ष केश बहादुर कार्कीले बताए । अवार्डसँग प्रत्यक्ष सरोकार रहने व्यक्तिहरुको साथ र समर्थनले आगामी दिनमा पनि यस्ता अवार्ड वितरण कार्यक्रम गरेर कलाकार तथा स्रष्टाहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्न उत्साह जाग्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
जसको ओएनेपालले फेसबुकपेज मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै कार्यक्रमका संयोजक विबेक कार्कीले अर्वाड सभ्य, अनुशासित र निष्पक्ष ढंगले वितरण गरिने बताए । संयोजक कार्कीका अनुसार वितरण समारोहमा ठूलो संख्यामा कला पारखी सहित विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वको उपस्थिती रहनेछ ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया