छैठौं राष्ट्रिय लोक दोहोरी गीत अवार्ड फारम वितरण सुरु

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा आउँदो असोजमा ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड हुने भएको छ ।

राजधानीका बिभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । पछिल्लो समय बिभिन्न अवार्डहरुको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीतको बिधामा काम गर्दै आएका कलाकारहरुका लागी यो अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए । उनले अवार्ड भब्य र सभ्य तरिकाले सम्पन्न हुने जानकारी दिए ।  ‘हामीले गतबर्ष पनि निकै सभ्य र भब्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौं अहिले पनि त्यसै हुनेछ’, सापकोटाले सञ्चारकर्मिहरुसँग कुरागर्दै भने । यस्तै प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने जानकारी गराए । ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला,  अवार्ड नै बहिष्कार गर्नेछौं’, पंगेनीले भने । यस्तै उनले बिगत ६ बर्षदेखी आयोजना हुँदै आएको अवार्ड अहिलेसम्म कुनैपनि बिवादमा नपरेको बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्व अध्यक्ष शिव हमालले आफ्नो कार्यकाल देखीनै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडी बढाएको बताए । लोक तथा दोहोरी गीतको क्षेत्रमा लाग्ने नयाँ तथा चर्चित कलाकार सबैको उपस्थिती रहने उनले जानकारी दिए । ‘अन्य अवार्डमा ठुला अथवा चर्चित कलाकारहरु अवार्ड लिन जानुहुन्न भन्ने हल्ला सुनिन्छ तर यो अवार्डमा दोहोरी गीतक्षेत्रका जतिसुकै ठुला कलाकारहरु पनि आउनुहुनेछ’, हमालले भने ।

यस अवार्डमा ५ वटा सम्मानका बिधा सहित २१ बिधालाई समावेश गरिने बताइएको छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा बिगत २०६९ सालबाट आयोजना हुँदै आएको छ ।