छैठौं राष्ट्रिय लोक दोहोरी गीत अवार्ड फारम वितरण सुरु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lok-dohori-award_Sm2eptEDD3_ljmvxfswsoeo0gm4e08fcemrejtrsogckg1tzimayqhnpl2cfq0ujpicbovx_rOXB30RLXU_a8jticqewdxme1ljh8gzviybj6ut0mntmvagf9d7pulkj4bkmoot06dytvy8.jpg)
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा आउँदो असोजमा ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड हुने भएको छ ।
राजधानीका बिभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । पछिल्लो समय बिभिन्न अवार्डहरुको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीतको बिधामा काम गर्दै आएका कलाकारहरुका लागी यो अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए । उनले अवार्ड भब्य र सभ्य तरिकाले सम्पन्न हुने जानकारी दिए । ‘हामीले गतबर्ष पनि निकै सभ्य र भब्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौं अहिले पनि त्यसै हुनेछ’, सापकोटाले सञ्चारकर्मिहरुसँग कुरागर्दै भने । यस्तै प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने जानकारी गराए । ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौं’, पंगेनीले भने । यस्तै उनले बिगत ६ बर्षदेखी आयोजना हुँदै आएको अवार्ड अहिलेसम्म कुनैपनि बिवादमा नपरेको बताए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्व अध्यक्ष शिव हमालले आफ्नो कार्यकाल देखीनै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडी बढाएको बताए । लोक तथा दोहोरी गीतको क्षेत्रमा लाग्ने नयाँ तथा चर्चित कलाकार सबैको उपस्थिती रहने उनले जानकारी दिए । ‘अन्य अवार्डमा ठुला अथवा चर्चित कलाकारहरु अवार्ड लिन जानुहुन्न भन्ने हल्ला सुनिन्छ तर यो अवार्डमा दोहोरी गीतक्षेत्रका जतिसुकै ठुला कलाकारहरु पनि आउनुहुनेछ’, हमालले भने ।
यस अवार्डमा ५ वटा सम्मानका बिधा सहित २१ बिधालाई समावेश गरिने बताइएको छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा बिगत २०६९ सालबाट आयोजना हुँदै आएको छ ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_1sryLldTjg_g5mkz0xyngyrzdycdnc3onhd1dfy9wyjjftryeevfvxawm8pzhizh3zfoh49.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_8E2SlK4ilC_kuq7yjexjfsqohordcl6tm5lzgu0j4orhe7jezmlpfdeekiqlwlgoruc2yui.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_b0JWLR47yz_gagxaijfwltpypi1l0ax3zvotsm6kcdqllab3iw0uysqvtby0byn8qwn32yp.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_0866V22p8P_nrnudtbaophtf1fbhotqknzggie4iaxmofj022ro3oq2yzznvyjcyhne2yfj.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया