रेनशाको काउन्टर कायरालाई

फिल्म कस्तो बनाएकी छिन् त्यो नहेरुन्जेलसम्म थाहा हुँदैन । तर, नृत्य निर्देशकबाट निर्देशक बन्दै गरेकी रेनशा वान्तवा राइ भने चलाख निक्लिएकी छन् ।

रेनशाले डेब्यू निर्देशन गरेको इन्टु मिन्टु लण्डनमा असोजमा रिलिज हुँदैछ । रेनशाले भने साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई आफ्नो पकडमा पारिसकेकी छन् । हिरो आर्यन सिग्देलले कायरा सिनेमाको ट्रेलर रिलिज गरेको भोलीपल्टदेखि नै रेनशाले इन्टु मिन्टु लण्डनमाको टिजर काउनडाउनको भिडियो प्रचार सुरु गरेकी छन् ।

दुबै सिनेमामा साम्राज्ञी कमन छिन् । यसैले, कायराको हल्ला सुरु भएपछि रेनशाले पनि इन्टु मिन्टु लण्डनमाको प्रचारको सुरुवात गरेकी छन् । रेनशाले साम्राज्ञीले अभिनय गरेको इन्टु मिन्टु लण्डनमा सिनेमाको टिजर बिहिबार सार्वजनिक गर्दैछिन् । यसले, आर्यन सिग्देलको कायराको ट्रेलरलाई काउन्टर दिनेछ ।

एउटै हिरोइन, त्योपनि चलेकी हुँदा दर्शक झुक्किए भने के होला ? रेनशाको काउन्टरले आर्यनलाई घाटा लाग्यो भने ?