‘रोजी’ टिजर फेसबुकमा लिक

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित  फिल्म ‘रोजी’ को टिजर फेसबुक मार्फत सार्वजनिक भएको छ  । उक्त टिजर अफिसियल नभएर फिल्म निर्माण युनिट बीचको ग्रुप च्याटमा प्रतिक्रिया लिनका लागी सेयर गरिएको र सोही ग्रुप च्याटका एक सदस्यले लिक गरेको बुझिएको छ ।

आगामी शुक्रबारदेखि बलिउड फिल्म ‘सन्जु’ सँगै हलमा रिलिज गर्ने योजना रहेको उक्त टिजर लिक भएको नायक प्रदिप खड्काले बताएका छन् ।  टिमसँग प्रतिक्रिया बुझ्नलाई हाम्रो एउटा ग्रुप च्याटमा टिजर शेयर गरेका थियौँ । तर एकजना सदस्यले लिक गरिदिनु भएछ ।’ प्रदीपले भने ‘यसमा आपत्तिको विषय छैन । जुन तरिकाबाट रिलिज गर्ने सोच राखेका थियौँ त्यो मात्र असफल भएको हो । प्रदीपले उक्त टिजरलाई परिमार्जित गरेर हलमा यसैसाता देखि रिलिज गर्ने तयारी रहेको बताए ।
फिल्ममा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका परमिता आरएल राणा छिन । फिल्ममा प्रदिप र पर्मिताका अलावा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ । निरक पौडेलको निर्देशन रहेको रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।

राेजी माया हाेइन मुक्ती उद्धव पाैडेल प्रिजेन्टस्

Gepostet von Sridhar Bhardwaj am Dienstag, 26. Juni 2018