फुलन देवी हत्याराको बयोपिक बनाउदै अजय

अजय देवगन पूर्व डकैत तथा सांसद फूलन देवीको हत्यारा शेर राणा सिंहको बायोपिक फिल्म बनाउदै छन् । अजय यस फिल्ममा बोनी कपूरको साथमा काम गरिरहेका छन् ।

उक्त बायोपिक फिल्म अजय देवगन मात्र नभएर प्रियंका चोपडा पनि बनाउन चाहन्छिन । शेर सिंह राणालाई पूर्व डकैत र सांसद फूलन देवीको हत्याको आरोप लागेको छ । २००४ मा शेर सिंह तिहाड जेलबाट भागेका थिए । फेरी उनलाई २००७ मा गिरफ्तार गरिएको थियो । उनले “जेल डायरी तिहाड से काबुल कंधार तक”  नामक किताब जेलभित्र नै लेखेका थिए ।

अजय देवगनलाई काहानी राम्रो लागेको र उनले शेर राणा सिंहको बायोपिक बनाउँन चाहेको बताए । उनले पछिल्ला दिनहरुमा शेर सिंहसँग भेटिरहेका बताए । प्रियंका पनि यो बायोपिक बनाउँन चाहिरहेकी छन् । प्रियंकाले आफ्नो ब्यानरबाट ए लिस्टको एक्टरलाई लिएर फिल्म निर्माण गर्न चाहिरहेकी छन् ।