अनमोलको पैसाको चर्चा बढी

हिरोहरुले पनि महंगो पारिश्रमिक लिन सक्छन् भनेर सुरुवात गर्ने हिरो अनमोल केसी नै हुन् । कृ फिल्ममा २० लाख पारिश्रमिक लिएर महंगो बनेका अनमोल यसपछि सधै पैसा कै कारणले हिट भैरहेका छन् ।

२० लाख पारिश्रमिकपछि ५० लाख पारिश्रमिकले अनमोललाई घेरावन्दी गरिरह्यो । अहिले एउटा कम्पनीको विज्ञापनमा काम गरेर उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको खबरले ब्रान्ड दुनियाँलाई तताएको पनि छ ।  अनमोलले जब महंगो पारिश्रमिक लिन थाले, त्यसयता उनी पैसाकै चर्चामा घेरिएका छन् । यो अनमोलका लागि सुखद अवस्था होइन ।

पैसाकै चर्चामा अनमोल केसी घेरिदा उनीसँग स्टारडम भैन्जेल मात्र यो हल्ला हुनेछ । पछि, अनमोल केसीका लागि कुनै पनि चीज बाँकी नरहन सक्छ ।  नेपाली सिनेमामा हिरोहरुको पारिश्रमिकको हल्ला ज्यादा हुन थालेको छ । यो सूचीमा अनमोल केसी पहिलो नम्बरमा छन् । अनमोलको एक्टिङ, नृत्यले जती तारिफ पाउनुपर्ने हो त्यो पाएको छैन । तर, सुपरस्टारको ट्याग भिरेका अनमोल पैसाकै हल्लामा रमाएका हुन् कि भन्ने पनि लाग्न थालेको छ ।

यसले अनमोललाई ब्याक फायर गर्यो भने के होला ? भूवन केसी र अनमोल केसीले यो कुरा सोच्ने समय आएको छ ।