‘सेरोमनी ब्यूटीपार्लर’ को १६ औ बार्षिकोत्सव सम्पन्न

- मेराेफिल्म
ब्यूटिसियन मीना न्यौपानेद्वारा संचालित ‘सेरोमनी ब्यूटी पार्लर’ ले १६ औ बार्षिकोत्सव मनाएको छ । जावलाखेलमा रहेको पार्लरले मंगलवार एक कार्यक्रम गर्दै १६ वर्ष पुगेको अवसरमा केक काटेर खुसीयाली मनाएको हो ।

केक काट्दै दिपाश्री निरौलाले आफूले उद्घाटन गरेको पार्लरको प्रगति देखेर खुसी भएको बताईन् । भोलीको दिनमा पनि यसको प्रगतिको कामना गरिन् । यस्तै पूर्वमिस नेपाल उषा खड्गीले सञ्चालिका मीनासहित सेरोमनी ब्युटी पार्लर टिमलाई बधाई दिँदै भविष्यमा यसको गुणात्मक प्रभावको कामना गरिन् ।
पार्लरकी सञ्चालिका मीना न्यौपाने ग्राहकलाई सहुलियत सेवा प्रदान गर्न कहिले पछाडि नहट्ने बताईन् । उनी ललित व्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी छन् ।

२०७५ असार १३ गते १०:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *