‘मायाङ्क’: निर्माण घोषणामा मै लुकाइयो नायिका

फिल्म ‘मायाङ्क’ निर्माण हुने भएको छ। बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। यस फिल्मलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन्। उनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछिन। फिल्मको बारेमा बोल्दै उनले यस फिल्म मिठो प्रेमकथामा बन्न लागेको बताइन्।
यस फिल्ममा प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगी मुख्य भूमिका रहने छ। फिल्मको एक मुख्य नायिका भने कथा बाहिरिने भन्दै निर्माण युनिटले गोप्य राखेको छ।
‘प्याराडाइज पिक्चर्स’ र ‘माईन्डस्क्रिन फिल्म्स’को ब्यानरमा बन्न लागेको फिल्मलाई मार्केटिङ्कका ज्ञाता तथा व्यापारी जितेन्द्र खतिवडाले निर्माण गर्दै छन्।
यस फिल्ममा अभिनय गर्न आफुले डेढ बर्षदेखी मेहनत गरिरहेको नव-नायक शुसिल उप्रेतीले बताए। ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको फिल्म दिनको लागि पुरा मेहनत गरिरहेको बताए। शुसिले ‘लुट’ र ‘लुट २’ चलचित्रमा सामो भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ‘मायाङ्क’ नै पहिलो फिल्म हो।
चर्चित अभिनेता प्रशान्त ताम्राकारले ‘मायाङ्क’मा आफ्नो अरु फिल्ममा भन्दा भिन्न भूमिका रहेको बताए। ‘सँधै एउटै लुक्समा देखिनुहुन्छ नी, फिल्म्म्मा पनि यस्तै हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले सबैले त्यस्तै सोचेतापनि आफु भने सँधै फरक अभिनय गर्ने कोशिस गरिरहेको बताए। नायिका ज्योत्सना योगीले ‘मायाङ्क’ आफुले खोजेको जस्तै फिल्म रहेको बताईन्।
‘मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारी रहेको निर्माता खतिवडाले बताए। फिल्म प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया