मेलिना राई र ताराप्रकाशको ‘निश्चल हिमाल झै’ सार्वजनिक

चर्चित गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत निश्चल हिमाल झै सार्वजनिक भएको छ । उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दिपेन्द्र थाम्सुहाङको शब्द रहेको छ ।

भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रन श्रेष्ठको रोमान्सलाई हेर्न सकिन्छ । जति सुन्दर लोकेशन छ त्यो भन्दा सुन्दर निराजन र मेलिनाको जोडिलाई हेर्न सकिन्छ । भिडियोलाई निर्दशक भुपेन्द्रकै छायांकन रहेको छ भने नागिन धिमालले ड्रोन चलाएका छन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।