‘अनुराग’ नायिका एलिजा दुर्घटनामा

साउन २५ बाट प्रदर्शनीमा आउने नेपाली फिल्म ‘अनुराग’  की नायिका एलिजा गौतम दुर्घट्नामा परेकी छन् । काठमाडौं गैरीधाराबाट लाजिम्पाट जाने क्रममा हिजो अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको मोटरसाइकल दुर्घटनामा परि घाईते भएकी गौतम उपचारको लागि धापासी स्थित ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा रहेकी छन् ।

नायिका गौतम सुजन आचार्यले चलाएको मोटरसाइकलमा सवार थिईन् । आचार्यले फेसबुकमा लेखेका छन् ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुन पुग्यो दिदीको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आको छु, धन्न बाँच्न सफल भयौं । नयाँ जीन्दगी पायौं आज।’