किशोर राना सहयोगार्थ सुमधुर साँझ

नेपाली फिल्मका वरिष्ठ निर्देशक किशोर रानाको सहयोगार्थ सुमधुर साँझ आयोजना हुँदैछ ।
सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ति मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सिमा शाह लगायतको प्रस्तुति रहनेछ । कार्यक्रम असार १८ गते शनिबार आर्मी अफिसर्स क्लबमा हुनेछ ।
फिल्मी क्षेत्रमा योगदान दिएका राना पुराना र अनुभवी निर्देशक मानिन्छन । राँको, सिमारेखा, कान्छी, ,बन्धिकी ,करोडपति आदि जस्ता नेपाली फिल्ममा सफल निर्देशन गरिएसकेका रानाले नेपाली फिल्म क्षेत्रमा आउनुअघि बलिउडमा लामो समय काम गरेका थिए । फिल्म परिवर्तनको सुटिङको क्रममा रानाको स्वस्थ्यमा समस्या देखिएपछि परीक्षणको क्रममा दुबै मृगौलामा खराबी देखिएको छ । निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियान कै क्रममा सुमधुर साँझ आयोजना गरिएको हो ।