रणवीर हलिउड एक्टर बराबर

राजकुमार हिरानी निर्देशित फिल्म २९ जूनमा विश्वभर रिलिज हुदैछ । फिल्ममा रणवीर कपुर संजय दत्तको भूमिकामा देखिदै छन् भने फिल्ममा मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा लगायतको समेत अभिनय रहेको छ ।
फिल्ममा सञ्जय दत्तको पिता सुनील दत्तको भूमिका निर्वाह गरेका अभिनेता परेश रावलले रणवीरको कामलाई एक्टिङ स्कूलहरुमा देखाउनु पर्ने बताएका छन् । उनले भने, ‘रणवीरले रोललाई हदभन्दा राम्रोसँग न्याय दिएका छन् । उनले पाथ-ब्रेकिङ परफर्मेन्स दिएका छन् । रणबीरको यो परफर्मेन्सलाई एक्टिङ स्कूलहरुमा देखाउनु पर्छ ।’
‘रणवीरले यो मुश्किल भूमिकालाई अद्भुत तरिकाले निभाएका छन्’, परेशले भने, ‘मैले यस्तो एक्टिङ यसभन्दा पहिला हलिउड फिल्म ‘गडफादर २’ मा महान एक्टर रोबर्ट डी नीरोको मात्रै देखेको थिएँ ।’ ‘मलाई आफ्नो जीवन फिल्मको रुपमा प्रदर्शित गर्न स्विकृत दिएकोमा सञ्जय दत्तलाई सयपटक सलाम गर्छु । सञ्जयले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएका छन् । अहिले उनले ड्रग्स पूर्ण रुपमा छोडेका छन्, यस्तो गर्नु कसैका लागि मुश्किल काम हो’, उनले भने ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया