दुर्घटनामा ‘बोल माया’ गायक प्रकाश

पछिल्लो समयका चर्चित गीत ‘बोल माया’ का गायक प्रकाश सपुत दुर्घटनामा परेका छन् । बुटवलबाट बाग्लुङ जाँदै गर्दा सोमबार राती १२ बजेको समयमा पोखरा सडकखण्डमा उनी कार दुर्घटनामा परेका हुन् ।

कार्यक्रमका लागी पोखरा जादैँ गरेका प्रकाश सपूत भन्छन्,’ त्यति ठुलो दुर्घटना त भएन । तर गाडी थोरै अगाडी गएको भए बाचिन्थ्यो जस्तो लाग्दैन, धन्न बाँचियो ।’ गायक सपूत पछिल्लो समय ‘बोल माया’ गीतकै कारण निकै चर्चामा छन् ।