‘उ छ नै तेस्तै’ ब्ल्याक ट्रेलर

भाद्र १ बाट अल नेपाल रिलिज हुने फिल्म  ‘ब्ल्याक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको प्रेममा आउने उतारचढावलाई देख्न सकिन्छ ।


आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेकी छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन् । फिल्मलाई राजधानीमा गोविन्द शाही तथा मोफसलमा उज्जल पौडल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।