केही हलमा मात्रै ‘सन्जु’, चौधरी ग्रुपसँग कुरा मिलेन

संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जु काठमाण्डौका केही हलहरुमा मात्र प्रदर्शन हुने भएको छ । फिल्म क्युज सर्भरमा मात्रै प्रदर्शन हुने जानकारी प्राप्त भएको छ । वितरक र प्रदर्शक बीच ‘विक डे’ बुधबार र बिहिबार सहुलीयतको टिकट दिने लगायतका कुरा नमिलेपछी ‘सन्जु’ को नेपाल प्रदर्शन केही हलमै सिमित हुने भएको हो ।

मल्टीप्लेक्स हलसंचालकहरुले निवेदन दिएसंगै चलचित्र वितरक संघले बोलाएको वार्तामा वितरक पक्ष चौधरी ग्रुप लगायत नआएपछी फिल्म केहि हलमै सिमित हुने भएको हो । क्युएफएक्स हलका सीईओ रोशन अडियाले कूरा नमिलेका कारण फिल्म क्यूएफएक्स हलमा नलाग्ने बताए । फिल्म नलग्ने भए संगै हलमा टाँसीएका पोस्टर समेत हटाईएको छ ।

नेपाल प्रदर्शनको राइट्स लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर्तहरु राखेपछि प्रदर्शकले फिल्म प्रदर्शन गर्न नमानेको बुझिएको छ । चौधरी ग्रुपले तोकिए भन्दा बढी पर्सेंन्टेज मागे पछी सन्जु प्रदर्शनमा समस्या आएको हो । पछिल्लो समय फिल्म बितरणमा होमिएको चौधरी ग्रुपका कारण फिल्मी वृत्तमा तरङ्ग पैदा हुन थालेको छ । सलमान खान अभिनित फिल्म रेस ३ प्रदर्शन ताका पनि झमेला निम्त्याएको चौधरी ग्रुपले पुन अर्को बखेडा खडा गरेको छ ।

राजकुमार हिरानी निर्देशित फिल्म शुक्रबारबाट विश्वभर रिलिज हुदैछ । फिल्ममा रणवीर कपुर संजय दत्तको भूमिकामा देखिदै छन् भने फिल्ममा मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा लगायतको समेत अभिनय रहेको छ ।