आँचलले सोलो मात्र खोज्ने कि अभिनय पनि सुधार्ने ?

हिरोइन आँचल शर्मा धेरै कलाकार भएका फिल्म गर्न चाहन्नन् । उनले यो कुरा खुलाइदिइन् । आँचललाई धेरै कलाकार भएका सिनेमामा कसैले आफूलाई नोटिस गर्छ जस्तो नै लागेन । सत्रु गतेमा कसैले नोटिस नगरेपनि आँचलले पीडा पोखेकी हुन् ।
आँचलले सत्रु गते जस्तो धेरै कलाकार भएको सिनेमा भित्र आफू हराउने कारण देखाउँदै अब सिंगल हिरोइन भएको सिनेमामा काम गर्ने बताइन् । उनको यही अडानले उनले सिनेमामा काम नगरेकी हुन् कि भन्ने वुझिन्छ ।

आँचलको वुझाइमा सिंगल हिरोइन भएको सिनेमामा काम गरेपछि जस्तो भएपनि हिट भइन्छ भन्ने रहेछ । आँचलले सिंगल हिरोइन भएको सिनेमा जोनी जेन्टलम्यानमा काम गरेकी नै हुन् । तर, यो सिनेमा चलेको थिएन । आँचल नोटिस पनि भएकी थिइनन् ।
सुत्र गतेले त कमसेकम आँचललाई चिनाइदिएको थियो । १२ करोड ग्रस कमाई गरेको यो सिनेमालाई नेपाली सिनेमा हेर्दै नहेर्ने दर्शकले पनि हेरेका थिए । तर, जोनी जेन्टलम्यानलाई त आँचल र पल शाहका फ्यानले नै हेरेका थिएनन् ।

आँचलले लोभी बनेको कारण दिइरहेकी छिन् । आफूलाई मात्र सिनेमाको हिस्सा परोस् भन्ने स्वार्थमा उनी घुम्न थालेकी छिन् ।

तर, सोलो हिरोइन भएकै सिनेमा मात्र गरेर हिट भइन्छ भन्ने छ र ? आफ्नो अभिनय, कामको लगावन पनि सुधान गर्नुपर्दैन र ? अभिनय राम्रो नगरेपछि त जस्तो सिनेमा पनि चल्दैन र हिस्सा लिन पाइदैन भन्ने आँचललाई कसैले संझाइदिए हुने ।