टिका प्रसाईंको ‘अलि अलि गर्दै’

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । गीतमा गायिका टीका प्रसाईं कै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।

गीतको भिडीयोमा राजु कान र अलिशा कटवालको अभिनय देख्न सकिन्छ । भिडीयोलाई राजु कानले निर्देशन गरेका छन् भने दृश्य सम्पादन र कलरिंग प्रविन श्रेष्ठले गरेका हुन् । भिडीयो छायांकन कृष्ण सुवेदी, सुदिप बिष्ट र नेत्र गुरुङ्गको रहेको छ ।