फ्राईडे रिलिज ‘सन्जु’ तथा ‘ए सोल्टिनी’
फ्राईडे रिलिज अन्तर्गत रणवीर कपुर स्टारर फिल्म ‘सन्जु’ तथा सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ रिलिज भएका छन् ।
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म ‘ए सोल्टिनी’ मा सविनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, शेरबाहादुर थिङ्ग, सम्झना श्रेष्ठ, बिबि राना मगर लगायत कलाकारहरुको अभिनय रहेको छ । जिम्बा फिल्मस प्रोडक्सनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’ प्रेममा आउने समस्याको बारेमा छ । बिश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाईवा र बिनय केटुको संगीत रहेको छ । राज गोलेले द्वन्द निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् । फिल्म निर्देशन निमा लामाले गरेका छन् ।
बलिउड हस्ती संजय दत्तको बायोपिकमा आधारित फिल्म ‘सन्जु’ भने केहि हल मै सिमित भएको छ । राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर कपुर संजय दत्तको भूमिकामा देखिदै छन् भने मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा लगायतको समेत अभिनय रहेको छ ।
प्रतिक्रिया