२ बजे पछी सम्पूर्ण मल्टिप्लेक्समा ‘सन्जु’

- मेराेफिल्म

वितरक र हलवालाहरुको असमझदारीका कारण क्युजहलमा मात्रै लागेको फिल्म सन्जु अन्य मल्टिप्लेक्सहलहरुमा समेत २ बजे पछि लाग्ने भएको छ । फिल्मका वितरक मनोज राठीले १२ बजे पछी काठमाडौँका सम्पूर्ण मल्टिप्लेक्सहलहरुमा फिल्म रिलिज हुने पुस्टि गरे । विक डेज र विकेन्डको टिकट दरलाई लिएर वितरक र हलवाला बीचमा असमझदारी उत्पन्न भएको थियो ।

विक डेजमा हलवालाले ५० प्रतिसत कम टिकट दरमा फिल्म देखाउँदै आएकोमा वितरकले आपत्ति जनाएपछि शुक्रवार बिहान फिल्म रिलिज भएको थिएन । वितरकले विक डेजमा पनि विकेन्ड सरह नै टिकट बेच्नु पर्ने सर्त राखेपछि हलवालाहरु फिल्म नचलाउने निर्णयमा पुगेका थिए । वितरक राठीले २ बजे हलवालाहरुसग बार्ता गरेर टुंगो लगाइने बताए ।

वितरकले फिल्म चल्ने दावा गरिरहदा क्यु एफ एक्स का सि ई ओ रोशन अडिगाले भने फिल्म लाग्ने टुङ्गो लागिनसकेको बताए । ‘हामि फिल्म लगाउने बारेमा पोजिटिभ छौँ तर अझै कुरा भैरहेको छ । सकभर लाग्छ होला’, उनले भने ।

२०७५ असार १५ गते १२:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *