फिल्म ‘कहिँ कतै’को नयाँ गीत सार्वजनिक

फिल्म ‘कहिँ कतै’ को नयाँ गीत ‘यो मौसम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत रहेको छ भने थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ भने मनोज राजको शब्द रचना रहेको छ ।

कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा बेबीको अभिनय रहेको छ ।

फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका हुन् । कहिँ कतैमा शबिर श्रेष्ठ को निर्देशन तथा लेखन रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।